

काठमाण्डु, २९ असोज– नेपाल राष्ट्रबैंले आजदेखि बडादसैंका लागि नयाँ नोट वितरण थालेको छ ।
राष्ट्रबैंकले एक सूचना जारी गर्दै नयाँ नोट साट्ने सुविधा उपलब्ध गराएको जानकारी दिएको हो ।
दसैंका लागि १० अर्ब बढीको नयाँ नोट बजारमा पठाउने राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार एक जनाले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्नेछन् । पाँचदेखि एक सय रुपैयाँसम्मका एक/एक बण्डलमा १८ हजार ५ सय हुन्छ ।
यसैबीच राष्ट्रबैंकले सम्भव भएसम्म नयाँ नोट सटही गर्दा क्युआरकोडबाट भुक्तानी गरिदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्रबैंकले आफ्नो बालुवाटारस्थित कार्यालय र सबै बाणिज्य बैंकहरुबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको जनाएको छ