सोनापुर मिनरल्सको आईपिओ बाँडफाँट

काठमाण्डु टुडे २०८० असोज २४ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, २४ असोज– सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलल गोलाप्रथामार्फत् १० लाख ३२ हजार १ सय ३२ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरेको हो ।
बाँडफाँटबाट बाँकी रहेो ८ कित्ता सेयर भने आवेदकहरु मध्येबाट एक एक कित्ताका दरले ८ जनालाई दिइएको छ । कुल १० लाख ४७ हजार ४ सय ५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७ सय ७० आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धकले जनाएको छ । उक्त कम्पनीले गत असोज १४ देखि १८ गतेसम्म आइपिओ बिक्रीमा राअ‍ेको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीयका लागि अंकित मूल्यमा १ सय २५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २ सय २५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरिएको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता साधार(ा सेयर यसअघि नै बाँडफाँट भइसकेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २ सय ३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us