
काठमाण्डु, २२ असोज– साताको दोश्रो कारोबार दिन सोमबार पनि सेयर बजार मापक नेप्से ओरालो लागेको छ ।
सोमबार १२।५८ अंकले घटेर १९०८।६६ विन्दुमा आएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड बनाए पनि लगानीकर्तामा उत्साह देखिएको छैन । यसअघि आइतबार नेप्से ३५।६७ अंकले घटेको थियो ।
कूल २ सय ८७ धितोपत्रको ४८ हजार ४ सय ४४ कारोबारबाट ४३ लाख २७ हजार १ सय ७९ कित्ता सेयर कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२ रुपैयाँको कारोबार भएको हो ।
उत्पादन ताथ प्रशोधन र व्यापार उपसूचकबाहेक अधिकांश उपसूचक आरालो लागेको छ । निर्जीवन बीमा उपसूचकमा सबैभन्दा धेरै १ प्रतिशतले गिरावट आएको छ ।