
डोटी, ११ असोज–नेकपा माओवादी केन्द्र सुदूरपश्चिमप्रदेश उपाध्यक्ष कृष्ण बडुवालको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । निमोनियाबाट पीडित बडुवालको उपचार नपाएरमृत्यु भएको हो ।
जनतासँग माओवादी अभियानमा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा गम्भीर समस्या भएपछि उपचारका लागि आएका थिए । त्यहॉउपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा बाटैमा निधन भएको हो । लामो समय बिरामी हुँदा पनि रकम अभावमा समयमै उपचारगर्न नसक्दा बडुवालको मृत्यु भएको माओवादी कार्यकर्ता बताउँछन् । उपचारका लागि नेता र मन्त्रीलाई पटकपटक आग्रह गर्दा पनिउनले सहयोग पाएनन् । काठमाण्डूमा उपचार गर्न आउँन हेलिकोप्टर चार्टर गरिदिन माओवादी उच्च नेतृत्व र केही मन्त्रीलाई आग्रह गरेकाथिए । तर हेलिकोप्टर पठाइएन ।
हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डू लैजान खोजिए पनि नेताहरुको असहयोगले बडुवालले ज्यान गुमाएको भन्दै माओवादीसूदुरपश्चिममा असन्तुष्टि चुलिएको छ । माओवादी जनयुद्धमा लागेका बडुवाल सुर्खेत जेल ब्रेक गरेर बाहिर आएका थिए ।