
काठमाण्डु, २९ भदौ– चिनीमा कालोबजारी भएपछि सरकारले आफू मातहतका दुई निकाय साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुटमा चिनी आयात गर्न दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ती दुवै निकायलाई १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
प्रमुख चाडपर्व नजिकिँदै गएका बेला कालोबजारीले कृत्रिम अभाव सृजना गरी चिनीको मूल्य वृद्धि गरेपछि सरकारले राजश्व छुट दिने निर्णय गरेको हो ।