
काठमाण्डु, २६ भदौ– एमालेले पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मंगलबार बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म कुनै औपचारिक कार्यक्रममा नगरिने जनाएको छ ।
कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दुःख पीडा र शोकका बीच आकस्मिक रुपमा सचिवालय बैठक बसेको बताए । उनले नेम्वाङले हरेक भूमिकामा आफूलाई खरो सावित गरेको स्मरण गरे ।
यस्तै नेम्वाङको स्मृतिमा २ असोजमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिने भएको छ । एमालेले नेम्वाङको पार्थिव शरीर आज र भोलि पार्टी मुख्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने जानारी दिए ।