सेयर बजारमा हरियाली

काठमाण्डु टुडे २०८० भदौ २५ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी वृत्ति भएको छ ।

नेप्सेमा सोमबार ४४.३० अंकले वृद्धि भएको हो । बजारमा सबै उपसमूहमा हरियाली छाएको छ । यद्यपि कारोबार रकम भने बढेन सकेन ।

२७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा मात्र एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भयो ।

२ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूह हरिलायी भएको छ ।

थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । साल्ट ट्रेडिङको सेयर सबैभन्दा धेरै कारोबार भयो । उक्त कम्पनीका ६ करोड २५ लाख बराबरको सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us