
काठमाण्डु, २२ भदौ– गत २ साउनमा राजश्व अुनसन्धान विभागले सिनामंगलबाट बरामद गरेको तस्करीको ६१ केजी सुन एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीकले पठाएको खुलासा भएको छ ।
उक्त प्रकरण छानिबन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) उच्च श्रोतका अनुसार प्रतीकको कनेक्सन सुन तस्करीमा देखिएको छ ।
प्रतीकसहितको समूहले हङकङमा सुन किनेर जहाजमार्फत नेपाल पठाएको भरपर्दो सूचना प्रहरीले पाएको छ ।
नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने नाममा रकम ठगी गरेको आरोपमा पक्राउ पर्नै लाग्दा फरार भएका प्रतीकले हङकङ पुगेर तस्करीको नयाँ धन्दा थालेको सुइँको प्रहरीले केही समयअघि नै पाएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यको नेतृत्वमा सिआईबीको एक टोली हङकङ गएको छ । श्रोतका अनुसार थापालाई नियन्त्रणमा लिएर उनीमार्फत तस्करीको नेक्सस पत्ता लगाउन प्रहरी त्यहाँ गएको हो ।
तर, त्यहाँको सरकारले सहयोग नगरेका कारण प्रहरी रित्तो हात फर्कनुपर्ने अवस्थामा छ ।