
काठमाण्डु, २१ भदौ– सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले घटनाबारे सरकारले जवाफ दिनेपर्ने माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।
काँग्रेस प्रमुख सचेतक रमेश लेखक, सांसद गगनकुमार थापा, रामहरि खतिवडालगायतले घटनाको निन्दा गर्दै गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताएका थिए ।
यादवमाथि बिहीबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा आफूलाई राजावादी बताउने विदुर नपगरपालिका–७ नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
टाउकोमा गहिरो चोट लागेका यादवको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।
यस्तै सभामुख घिमिरेले कान्ति बाल अस्पतालमा समयमै उपचार नपाए बालिकाको मृत्यु भएको विषयमा समेत सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।