
काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
रिजालको टोखास्थित ग्राण्डी हस्पतालमा उपचारका क्रममा निधन भएको परिवारिक श्रोतले जनाएको छ । डेंगु संक्रमणपछि उच्च ज्वरो तथा निमोनियाका कारण गलेपछि उनी केही दिनअघि अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको निधन भएको हो । रिजाल नेपाली काँग्रेस काठमाण्डु क्षेत्र नम्बर–७ का सभापतिसमेत थिए ।