सरकारसँग काँग्रेसको मागः महेन्द्र यादवमाथि कुखुरी प्रहार गर्नेलाई कडा कारबाही होस्

काठमाण्डु टुडे २०८० भदौ २० गते १६:५७ मा प्रकाशित

काठमाण्डु, २० भदौ– कांग्रेसले आफ्ना सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटानप्रति भत्र्सना गरेका हुन् ।

यादवमाथि नुवाकोट विदुर नगरपालिका–७ तुप्चेका श्यामबहादुर सापकोटाले बुधबार रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा भृकृटीमण्डपमा खुकरी प्रहार गरेका थिए ।

टाउको र शरीरमा चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूहमाथि गहिरो अनुसन्धान गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us