श्यामबहादुरको बयानः पूर्वराजा ज्ञानेन्द्रको मान्छे हुँ, नारायणकाजीको विरोध गरेको सुन्न नसकेर कुखुरी हानें

काठमाण्डु टुडे २०८० भदौ २० गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २० भदौ– काँग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेका नुवाकोट विदुर नगरपालिका–७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटालाई प्रहरीले तत्काल नियन्त्रणमा लियो ।

यादवमाथि बुधबार रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी बाहिर बाहिरिने क्रममा भृकुटी मण्डपमा सापकोटाले कुखुरी हानेका थिए । टाउको र शरीरमा चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उचपार भइरहेको छ ।

प्रहरीका अनुसार कुखुरी हान्नुअघि सापकोटा यादव सहभागी कार्यक्रममा श्रोता बनेर बसेका थिए । कार्यक्रम सकिएपछि यादव जब बाहिरिए तब पछ्याउँदै आएर सापकोटाले खुकरी हानेको प्रत्यक्षदर्शी बताउँछन् । यादवले कार्यक्रममा सुशासनका लागि भन्दै सरकारले चालेका कदमको विरोध गरेका थिए ।

सापकोटाले आफू राजावादी भए पनि अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदम सही रहेको बताएका छन् । प्रहरी समक्ष उनले भ्रष्टाचारी र एमसीसीको समर्थनमा बोलेकाले टाउकाले आफूले यादवलाई खुकुरी प्रहार गरेको बयान दिएका छन् ।

प्रहरी श्रोतका अनुसार उनले आफूलाई राजतन्त्रवादी अभियन्ता भएको बताएका छन् । ‘म राजतन्त्र ल्याउन र ज्ञानेन्द्रलाई राजा बनाउन हिंडेको मान्छे हुँ, तर अहिलेको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीमाथि गरेको कारबाहीको पक्षमा छु । महेन्द्र यादवले सुन काण्ड र ललिता निवास काण्डमा सरकारले गरेको कामको विरोध गरे । असह्य भएकाले पछिपछि गएर खुकुरी हानेको हुँ’, प्रहरीलाई उनले भनेका छन् ।

प्रहरीले पक्राउ गरेर भ्यानमा राख्न लाग्दा उनी राजतन्त्र जिन्दावाद भन्दै चिच्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us