
काठमाण्डु, २० भदौ– सरकारले नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने गर िप्रक्रिया अघि बढाएको छ ।
काठमाण्डुको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा बुधबार विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन उदघाटन गर्दै ऊर्जा, जलश्रोत था सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि नीतिगत र कानूनी प्रबन्ध मिलाउने काम अघि बढेको बताए ।
विद्युतीय गाडी उत्पादनका लागि विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले काम गरिरहेको पनि उनको भनाइ थियो । विद्युतीय सवारी साधनको यात्राले हरित, स्वच्छ ऊर्जा खपत बढ्ने बताए । जसको मार्फतबाट कार्बन उत्सर्जन घटाई जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरण गर्नुका साथै मुलुकमा दीगो विकासको जग बसाल्न सकिने बताए ।
विद्युतीय सवारी साधानको प्रवर्द्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
यस्तै ऊर्जा सचिव घिमिरेले आन्तरिक विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गरे । विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने विश्वास उनको थियो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।
उनले आगामी दिनमा थप ५ सयवटा नयाँ चार्जिङ स्टेशन निर्माण गर्ने योजना सुनाए ।