
काठमाण्डु, २० भदौ–काँग्रेस सह-महामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाण्डुको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ ।
रिपोटर्स क्लबमा आयोजित साक्षत्कारमा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि कुखुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
यादवको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गहिरो चोट लागे पनि अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
काठमाण्डु प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले घटनामा संलग्न नुवाकोट विदुर नगरपालिका–७ तुप्चेका ४७ वर्षीय श्याम सापकोटालाई पक्राउ गरिएको जानकारी दिए । सापकोटाले यादवमाथि खुकुरी प्रहार गर्नुको कारणबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।