कोशी प्रदेश सरकारविरुद्धको मुद्धा हेर्दाहेर्दैमा

काठमाण्डु टुडे २०८० भदौ १९ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध सुनुवाई हेर्दाहेर्दैमा राखेको छ ।

बैठकको अध्यक्षता गरेका सदस्यले समेत मत पाएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विषयमा दायर मुद्धामा मंगलबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

उक्त मुद्धामा मंगलबार दिनभर सुनुवाई भएको थियो । वकिल, कोशी प्रदेशका मुख्य न्यायाधीवक्ता र मुख्यमन्त्री थापा पक्षका व्यवसायीको बहस लम्बिएको छ ।

विपक्षीतर्फको सुनुवाई नसकिएकाले रिट निवेकतर्फका कानून व्यवसायीले बहस गर्न पाएनन् । अब अर्को सुनुवाई बिहीबारका लागि राखिएको छ ।

उक्त मुद्धामा न्यायाधीशहरु सपना प्रधान मल्ल, नहकुल सुवेदी र कुमार चुडालको संवैधानिक इजलासमा सुुनुवाई हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us