
काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच मंगलबार भेटवार्ता भएको छ ।
प्रचण्डले ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय बोलाएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयले संक्रमणकालीन न्यायासम्बन्धी
विधेयक र प्रचण्डको आसन्न अमेरिका र चीन भ्रमणबारे कुराकानी भएको जनाएको छ ।
प्रचण्ड संयुक्त राष्ट्र संघको ७८औं महासभामा भाग लिन ३० भदौमा अमेरिकाका जाँदै छन् । त्यतैबाट उनी चीन जाने कार्यक्रम छ ।