
बर्दिया, १९ भदौ– कही दिनअघि बर्दिया कारागारबाट भागेका कैदी ३० वर्षीय अजित बुढा क्षेत्रीको खोजीमा २ सय ५० सुरक्षाकर्मी परिचलित भएका छन् ।
क्षेत्रीको खोजीमा झण्डै साढे दुई सय सुरक्षाकर्मी परिचालन गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए । उनका अनुसार दैनिक एक सय ५० प्रहरी र १ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
भाई नाइके समेत हरेका क्षेत्री तीन दिनअघि बर्दिया कारागारको पर्खाल नाघेर भागेका थिए । यस्तै क्षेत्रीको खोजीमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।