
काठमाण्डु, १९ भदौ– कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् मंगलबार उनले जिम्मेवारी छाडेको घोषणा गरेका हुन् । प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र आफू निर्वाचित भएको दोलखाका जनताको काम गर्न समय अपुग भएकाले राजीनामा दिएको प्रष्टीकरण काफ्लेले दिएका छन् ।
काफ्लेले प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाह लामा तामाङसमक्ष राजीनामा बुझाएको फोटो पनि पोष्ट गरेका छन् ।
‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु । गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ काफ्लेलेले फेबसुकमा लेखेका छन, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।’