शंखमुलमा खुकुरी हानेर भागेका युवक चाबहिलबाट पक्राउ

काठमाण्डु टुडे २०८० भदौ १९ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– काठमाण्डुको शंखमुलमा खुकुरी हानेर भागेका एक एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मन्थली नगरपलिका–११ रामेछापका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगर छन् । उनले २०७८ चैत ९ मा काठमाण्डु शंखमुलमा सुरज खड्कालाई खुकुरी प्रहार गरेका थिए ।

मगरलाई काठमाण्डुु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मगरलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखेर ज्यान मार्ने उद्योगमा आवश्यक कारबाही अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us