१३ ठेकेदार कम्पनी सरकारको कालो सूचीमा

काठमाण्डु टुडे २०८० भदौ १९ गते ८:२६ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री ताथ मन्त्रिपरिषद कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने १३ ठेकेदार कम्पनी कालोसूचीमा परेको जनाएको हो ।

ती कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । कालो सूचीमा राखिएका कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

कालो सचीमा पर्नेमा काठमाण्डु स्वयम्भू ठेगाना भएको चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडुकै मकर गणेश कन्स्ट्रक्सन, कञ्चनपुर, शुक्लाफाँटा–१० ठेगाना भएको गणपति कन्स्ट्रक्सन कालोसूचीमा छन् ।

यस्तै बाबा इन्फ्रा प्रोजक्ट प्रा.लि. नेपालगञ्ज–१९, नव निर्माण कन्स्ट्रक्सन एण्ड विल्डर्स पोखरा, यूडी एसिल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. काठमाण्डु पनि कालोसूचीमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us