काठमाण्डु, १८ भदौ– सेयर बजार मापक नेप्से परिसूचक साताको दोश्रो कारोबार दिन सोमबार सामान्य अंकले बढेको छ ।
नेप्से ७.०४ अंकले बढेर १९६७.८३ बिन्दुमा पुगेको छ । २ सय ७० धितोपत्रका ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर एक अर्ब नौ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले बढेर ३७७.७१ को विन्दुमा पुगेको छ ।
१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक भने ०.०२ प्रतिशतले घटेको छ ।
थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको छ । लिबेर्टी इनर्जी कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ अंकले घटेको छ ।