विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने प्राधिकरणको चेतावनी

काठमाण्डु टुडे २०८० भदौ १७ गते ८:३६ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– नेपाल विद्युत प्राधिकरणले विद्युत शुल्क नतिर्ने ग्राहकलाई तत्काल झुक्तानी गर्न भनेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लोडसेडिङ हुने समयमा मा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत सेवा लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई तत्काल महसुल बक्यौता तिर्न आग्रह गरेको हो ।

महसुल बक्यौता १५ दिनभित्र नतिरे लाइन काटिने चेतावनी दिएको छ । प्राधिकरणले डलोडसेडिङ अवधिमा २०७२ साउनदेखि २०७७ जेठसम्मको बक्यौता र जरिवाना गरी २० अर्ब असुल्न बाँकी छ ।

सम्बन्धित वितरण केन्द्रबाट बक्यौता महसुल बुझाउन पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म बक्यौता महसुल नबुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एकैपटक बुझाउन नसके किस्ताबन्दीको सुविधा उपयोग गर्न पनि भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us