
झापा, १४ भदौ– झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई पुलमा मे ३प५४६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को३१प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–५ का १८ वर्षीया जेसिका सिग्देल छन् । झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अुनसार मे३प ५४६३ नम्बरको मोटरसाइकल पछाडि सवार सिग्देलको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उचारका क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकललले यात्रुलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो । मोटरसाइकल चालक भद्रपुर नगरपालिका– ९ का ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको घाइते छन् ।
को३१प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–१ का ४० वर्षीय सुरेश राई र मोटरसाइकल पछाडि सवार इलाम चुलाचुली नगरपालिका–४ का २९ वर्षीय निश्चल चेमजोङ घाइते भएका थिए ।
उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।