नेप्सेमा गिरावट, कारोकार रकम भने वृद्धि

काठमाण्डु टुडे २०८० भदौ १३ गते १६:५१ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि सामान्य गिरावट आएको छ ।
। साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक २.८२ अंकले घटेको हो । योसँगै नेप्से १९९०.५९ को विन्दुमा झरेको छ । कारोबारमा आएका १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचक आरोलो लागेको छ ।
व्यापार र होटल तथा पर्यटन उपसूचकमा १.३० प्रतिशतको वृद्धि भएको छ । उत्पादनमूलक उपसूचकमा भने ०.७० प्रतिशतले गिरावट आएको छ । नेप्से घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने झिनो सुधार भएको छ ।

मंगलबार ८६ करोडको कारोबार भएकामा बुधबार भने कारोबार रकम बढेर १ अर्ब नाघेको छ । बुधबार ने ३२ हजार २९८ वटा कारोबारमा ३८ लाख ३ हजार २४४ कित्ता सूचीकृत धितोपत्रको किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत कुल २ सय २९ कम्पनीको सेयर कारोबार भएकोमा १ सय ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भयो भने ७९ कम्पनीको सेयरमूल्य बढेको छ । माया खोला हाइड्रोपावरको सेयरमूल्य ४.२३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको सेयरमूल्य २.८९ प्रतिशतले वृद्धि भयो ।

सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ७.९४ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us