शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु चीन जाँदै

काठमाण्डु टुडे २०८० भदौ १२ गते १८:५२ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु चीन जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पोखरेल नेतृत्वको टोली आगामी १६ भदौमा चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पोखरेल नेतृत्वको टोलीको भ्रमण केही दिनअघि बसेको सचिवालय बैठकले स्वीकृत गरेको थियो ।

श्रोतका अनुसार महासचिव पोखरेलसहित एमाले टोली ग्वान्जाओ हुँदै बेइजिङ जानेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us