
काठमाण्डु, १२ भदौ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।
साताको तेश्रो कारोबार दिन नेप्से ५ दशमलब ०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ४२ अंकमा झरेको हो । बजारमा दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री भएको थियो ।
कारोबार रकम पनि ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा सीमित भएको छ ।
लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूह उपसूचक बढेका छन् । बाँकी सबै समूहको उपसूचक ओरालो लागेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ दशमलब ८३ प्रतिशत घटेधो छ ।
सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको तीन करोड ६२ लाख दुई हजार छ सय ५९ बराबरको कारोबार भएको छ । यस्तै सिद्धार्थ इक्विटी फन्डको सबैभन्दा धेरै चार लाख ६७ हजार ४५ कित्ता शेयर किनबेच भएको छ ।