टिपरको ठक्करबाट डाक्टरको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ १२ गते १४:२४ मा प्रकाशित

मोरङ, १२ भदौ– मोरङको उर्लाबारीमा मंगलबार टिपरको ठक्करबाट एक जनाका मत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी घर भएका चित्सिक २८ वर्षीय चिकित्सक निरज यादव छन् ।

प्र३–००१क००९५ नम्बरको टिपरलेयादव सवार प्र१–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई उर्लाबारी–स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै मंगलबार बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते यादवलाइ उद्धार गरी उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए ।

यसैबीच ठक्कर दिने टिपर र चालक चालक झापा मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us