प्रधानमन्त्रीलाई सांसदका १२ प्रश्न

काठमाण्डु टुडे २०८० भदौ १२ गते १०:११ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा बिहान ११ बजे नयाँबनेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम उल्लेख छ ।

हरेक महिनाको पहिलो दिन प्रतिनिधिसभा बैठकमा सांसदले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्नोत्तर गर्ने संसद नियमावलीमा व्यवस्था छ । आज प्रधानमन्त्रीलाई विभिन्न दलका सांसदले १२ वटा प्रश्न सोध्ने छन् ।

बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us