प्रेस स्वतन्त्रता सेनानी नेपालीको निधन

काठमाण्डु टुडे २०८० भदौ १२ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

नेपालीको जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेलास्थित निवासमा सोमबार साँझ निधन भएको हो । नेपाली लामो समयदेखि अस्वस्थ भएर थलिएका थिए ।

नेपालीका छोरा राघवेन्द्र साहले उनको जनकपुरधामस्थित दुधमती घाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । कलमसँगै लोकतन्त्र, प्रजातन्त्र, नागरिक अधिककार र प्रेस स्वतन्त्रता हरणविरुद्धका हरेक आन्दोलनमा उनी सक्रिय सहभागी थिए ।

समाचार लेखेकै कारण उनी पटकपटक जेल परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us