
काठमाण्डु, १२ भदौ– डोल्पा सदरमुकाम दुनैस्थित सैनिक व्यारेकका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन छन् ।
नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइतबार साँझदेखि हराइरहेका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले पण्डित मंगलबार बिहानसम्म सम्पर्कमा नआएको बताए ।
पोखरेलका अनुसार पण्डितको मोबाइल लोकेशन आइतबार साँझतिर ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको थियो ।
पण्डितको खोजीमा डोल्पा प्रहरी प्रमुख डिएसपी नवराज बुढाथोकीको नेतृत्वमा प्रहरी सोमबार रातभर पनि पराचालित भएको थियो ।