केपी ओली र माधव नेपाल एउटै मञ्चमा बसे, तर बोलेनन्

काठमाण्डु टुडे २०८० भदौ ११ गते १६:५० मा प्रकाशित

काठमाण्डु, ११ भदौ– एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध थथा पर्यटन समितिमा एकैसाथ देखिए ।

समिति सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्म्बन्ध रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसे । सँगै बस्नु परेकामा दुवैलाई सकस भएको प्रष्टै देख्न सकिन्थ्यो ।

तर, एकअर्कासँग संवाद गरेनन् । नेपाल गएको कार्यक्रममा ओली जाँदैनन् । ओलीले संसद खुलाउन प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफूलाई नबोलाउन भनेकामा नेपालले आपत्ति नै जनाएका थिए ।

राष्ट्रपति रामचन्द पौडेलले केही दिनअघि शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी हुने भएपछि ओली गएनन् । एमाले विभाजनपछि दुई नेताबीचको तिक्तता घट्नुको साटो थप बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us