जनैपूर्णिमा र गाइजात्राको तिथि पालिका पिच्छे फरक

काठमाण्डु टुडे २०८० भदौ ११ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, ११ भदौस्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षकोरक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णयसार्वजनिक गर्न थालेका छन्

काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरक फरक दिनमा मनाउनेनिर्णय सार्वजनिक गरेका हुन् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकैदिनपरेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए उनका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्वश्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्नेभएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्रा.डा. भट्टराईले बताए

भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी तान्त्रिकहरुको निर्णयका आधारमायस्तो निर्णय गरिएको बताए

त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा यससम्बन्धी छलफल गरी पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको निर्णय अनुसार भदौ १४ गतेनै दुवै पर्व मनाउने निर्णय गरिएको शङ्खधर साख्वा प्रतिष्ठानका पूर्व अध्यक्ष श्याम मानन्धरले जानकारी दिए

नगर क्षेत्रमा भाद्रकृष्ण द्वितीयाका दिन मनाइने भैरव नीलबाराहीको नाच भने भदौ १५ गते मनाउने निर्णय भएको उनले बताए

ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन् पाटनक्षेत्रमा विशेषगरी क्वा बहाः अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्व सम्बन्धी निर्णय गर्ने गरेको

यो निर्णय पनि शास्त्रसम्मत नभएको समितिका सदस्य भट्टराईले बताए भदौ १३ गते भद्रा परेकाले यस दिन पुण्य कर्म गर्नु नहुने उनकोभनाइ थियो काठमाडौंका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा १५ गते गाईजात्रा अर्थात् सापारुपर्व मनाउने निर्णय सार्वजनिक गरेका छन्

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी चाडपर्व, तिथि, मिति सम्बन्धी निर्णय गर्ने जिम्मेवारी तोकेकोथियो समितिको उक्त गठन आदेश २०७८ साल साउनमा नेपाल राजपत्रमा सूचनाका रुपमा प्रकाशित भएपछि कार्यान्वयनमा आएकोहो

स्थानीय तह गैरसरकारी संस्थाका रुपमा दर्ता भएका सांस्कृतिक संस्थाले पनि यस विषयमा निर्णय गरी सार्वजनिक गर्न थालेपछिचाडपर्वका बारेमा बेलाबेलामा अन्योल हुने गरेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us