
काठमाण्डु, ११ भदौ– नुवाकोटको ककनी गाउँपालिकास्थित बञ्जरे डाँडाका बासिन्दाले उपत्यकाको फोहोर उठाउन फेरि अवरोध गर्ने भएका छन् ।
बञ्चरेमा काठमाण्डु महानगरपालिकासहित उपत्यकाका १८ नगरपालिकाको फोहोर बिसर्जन गर्दै आएको छ । सरकार र काठमाण्डु महानगरपालिकाले पटकपटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
स्थानीयले यसअघिका सम्झौता पालना नभए आगामी १ असोजदेखि फोहोर बिसर्जन रोक्ने चेतावनी दिएका छन् ।
बञ्चरेडाँडा संघर्ष समिति संयोजक काँग्रेस नेता श्रीराम ढुंगानाले माग सम्बोधन नभए १ असोजबाट फोहोर रोक्ने जानकारी महानगरपालिकालाई गराएको बताए ।
स्थानीयले अव्यस्थित रुपमा फोहोर बिसर्जन गर्नाले नुवाकोटको ओखरपौवा, चाउथे र ककनी तथा धादिङको धुनेबेशी नगरपालिकाको एक नम्बर वडामा दुर्गन्ध फैलिएको छ ।
यसअघि पनि स्थानीयले गत असारमा फोहोर बोकेका टिपर रोकेका थिए ।