एमाले युवासंघ नेता तामाङ बलात्कार आरोपमा पक्राउ

काठमाण्डु टुडे २०८० भदौ ३ गते १६:४१ मा प्रकाशित

विराटनगर, ३ भदौ– एमाले युवा संघका बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ बलात्कार आरोपमा पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जर्बजस्ती करणी गरेको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । २८ वर्षीय तामाङ बेलबारी नगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।

जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको दाहालले बताए । एमाले राजनीतिका साथै तामाङ क्रसर व्यवसायमा पनि संलग्न थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us