प्रहरीले बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप, स्थानीयद्वारा प्रहरी चौकी घेराउ

काठमाण्डु टुडे २०८० साउन ३१ गते १४:११ मा प्रकाशित

जनकपुर, ३१ साउन– धनुषामा एक प्रहरी कर्मचारीमाथि बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

प्रहरी जवान रुपेश चौधरीले मंगलबार राति १० बजेको समयमा मिथिला नगरपालिका–९ लालगढकी १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका हुन् ।

चौधरी लालगढ प्रहरी चौकीमा कार्यरत थिए । मदिरा सेवन गरेका चौधरीले बालिकालाई बोलाएर यौन दुव्र्यवहार गरेको आरोप छ ।

यसैबीच आरोपीलाई प्रहरीले संरक्षण गर्न खोजेको भन्दै स्थानीयले लालगढ प्रहरी चौकी घेराउन गरेका छन् । वडाध्यक्ष सविन थापाले प्रहरीले दोषीलाई लुकाएको आरोप लगाए ।

स्वास्थ्य परीक्षण गरेर ल्याउने भनी लगिएका चौधरीलाई प्रहरीले सार्वजनिक नगरेको भन्दै स्थानीय आक्रोशित छन् । धनुषा प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले अवरुद्ध राजमार्ग भने खुलाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us