
बुटवल, २९ साउन–वर्षातसँगै पहिरो झरेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ तीस माइलमा सडक माथिबाट पहिरो झरेर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौ. यात्रु अलपत्र परेका छन् ।
राति १२ बजेतिर पहिरो झरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।