सर्वसाधारणलाई आईपीओ जारी गर्दै विद्युत प्राधिकरण

काठमाण्डु टुडे २०८० साउन २५ गते १८:०५ मा प्रकाशित

काठमाण्डु ,२५ साउन- नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले यसबारे बारेमा जानकारी दिएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको बताए।

हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ इक्राबाट एएप्लस पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us