
काठमाण्डु, २४ साउन- लगातार घटिरहेको शेयर बजारमा बुधबार एक्कासि उच्च अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक आज ४१.०६ अंकले बढेको हो । बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर हो । यस दिन २६५ वटा धितोपत्रको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रूपैयाँको कारोबार भएको छ ।
आज कारोबारका आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड ५० लाख २६ हजार २०२ रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।आजको कारोबारमा हिमालयन लघुवित्त वित्तीय संस्था, सुपर म्यादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मन्दकिनी हाइड्रोपावरले सर्वाधिक नाफा कमाएका छन् ।
भने, सेन्चुरी डेभेन्चर २०८८, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।त्यस्तै, उपसमूहतर्फ म्यूचअल फण्डबाहेकका बाँकी १२ वटै समूहको शेयरमूल्य बढेको छ ।