
दोलखा, २४ साउन– दोलखाको तामाकोशीमा माछा मार्न गएका एक युवक पहिरोमा पुरिएका छन् ।
बिगु गाउँपालिका– २ का १४ वर्षीय तिरिस तामाङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । दोलखा प्रहरीका सूचना अधिकारी धर्मेस यादवले तामाङलाई पहिरो पन्छाएर बाहिर निकाल्ने प्रयास भइरहेको जानकारी दिए ।
यादवका अनुसार तामाङको खुट्टाको भाग च्यापिएको अवस्थामा देखिएको छ । तामाङ मंगलबार साँझ ६ बजेतिर साथीहरुसँग माछा मार्न तामाकोशी किनारमा गएका थिए ।
उनका तीन साथीले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।