संसदको अवरोध हटाउन शीर्ष नेताबीच छलफल सुरू

काठमाण्डु टुडे २०८० साउन २२ गते १२:५४ मा प्रकाशित

काठमाण्डु ,२२ साउन- संसदको गतिरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

आज सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै पटक पटक संसदमा अवरोध गर्दै आएको छ ।

आइतबार सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ।आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us