
काठमाण्डु २१ साउन साताको पहीलो कारोवारको दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो। यसगै आज छापावाल सुनको मुल्य प्रतीतोला एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
भने तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५०मा कारोवार भएको थीयो।
यस्तै आज चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।गत शुक्रबार पनी चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।