
काठमाण्डु ,१८ साउन- सुनचाँदीको मूल्य आज पनि घटेको छ।
आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोवार भएको थीयो।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो।