
काठमाण्डु, १६ साउन– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
स्वचालित मूल्य प्रणालीका आधारमा भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।
नेपाल आयोग निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।
निगमद्वारा जारी विज्ञप्तिमा पेट्रोलमा प्रतिलिटर ९ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ७ रूपैयाँका दरले मूल्य वृद्धि भएको उल्लेख छ । निगमले खाना पकाउने ग्यासको मूल्यमा भने प्रतिसिलिन्डर १ सय ३० रूपैयाँले घटाएको छ ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तोकिएको उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतले प्रशोधित तेलको मूल्य बढाएर सूची पठाएको हो ।