२८ अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०८० साउन १६ गते १५:५५ मा प्रकाशित

काठमाण्डु ,१६ साउन- लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से मंलबारपनी घटेको छ ।

आज नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा कायम भएको छ । मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज सर्वाधिक नाफा कमाउनेमा सुपर म्यादी हाइड्रोपावर लिमिटेड रहेको छ भने।

किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।इस्तैकारोबारका आधारमा अप्पर तामाकोशि हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।उपसमूहतर्फ रहका १३ वटै समूहको शेयर मूल्यमा गिरावट आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us