
काठमाण्डु, १६ साउन- भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकररी दिएको छ।
आईओसीले अगस्ट १ तारिखमा पठाएको नयाँ मूल्यसुचीअनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । यस्तै हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ ।
यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर१०० रुपैयाँ घटेर आएको छ।