देश बनाउने कुरामा हामी हुनुपर्ने जति इमान्दार बन्न सकेनौं: माधव नेपाल

काठमाण्डु टुडे २०८० साउन १६ गते १५:०० मा प्रकाशित

काठमाण्डु ,१६ साउन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने कुरामा कोही पनि  इमानदार बन्न नसकेको बताएका छन् ।

आज अनेरास्ववियू काठमाण्डु जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा धेरै समस्याहरु भएको बताए । ‘देशमा धेरै समस्याहरू छन् ।

ती मध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ । देश बनाउने भावनाले ओतप्रोत छैनौ’, अध्यक्ष नेपालले भने, ‘हामीले आफूलाईमात्र केन्द्र विन्दुमा राख्ने गरेका छौँ, देश र जनतालाई केन्द्र विन्दुमा राखेका छैनौँ ।

उनले देश र जनतालाई केन्द्र विन्दुमा राखेर अघि बढ्नुपर्ने भन्दै स्वतन्त्रता, स्वाधिनतामा ठेस लाग्ने काम भयो भने स्वीकार्य नहुने बताए ।

 

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us