सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकम भने ह्वातै घट्यो

काठमाण्डु टुडे २०८० साउन १५ गते १५:५७ मा प्रकाशित

काठमाण्डु,१५ साउन- लगातारको गिरावटपछि शेयर बजार सोमबार सामान्य अंकले बढेको छ।

आज नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार रकम भने ह्वातै घटेको छ ।आज सर्वाधिक नाफा कमाउनेमा सनराईज ब्लूचीप फण्ड, बालेफी हाइड्रोपावर र एनआइसी एसीया फिलेक्सि क्याप फण्डरहेका छन।

यस्तै वेस्ट नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक लिमिटेड डेबेन्चर-२०८६ र एसीयन आइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् । उपसमूहतर्फ तिनबटा समूहबाहेक बाकि १० वटैको सेयरमुल्यमा गिरावट आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us