परराष्ट्रमन्त्री साउद र जयशंकरबीच बैंककमा भेट

काठमाण्डु टुडे २०८० साउन १ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, १ साउन–पराराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुको बैठकमा भाग लिन साउद बैंकक गएका हुन् ।

त्यस क्रममा साउद र भारतीय समकक्षी जयशंकरबीच साइडलाइन वार्ता भएको उनको सचिवालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटमार्फत जानकारी दिँदै साउदसँगको तस्बिर सेयर गरेका छन् ।

आफूहरुबीच आ–आफ्ना मुलुक र नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति भएको जयशंकरले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us