

लमजुङ, ८ असार– प्रेम विवाह गरेर ल्याएकी श्रीमती पुरुष परेको भन्दै एक युवकले प्रहरीमा उजुरी दिएका छन् ।
उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले श्रीमती पुरुष भएको भन्दै इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन् । राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ की युवतीसँग ६ महिनाअघि प्रेम विवाह गरेका थिए ।
६ महिनासम्म पनि ‘बेड सेयर’ गर्न नमानेपछि आफूले गोप्य अंग पहिचान गर्दा पुरुष भएको थाहा पाएकाले प्रहरीमा उजुरी दिएको राईले बताए । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
झट्टा हेर्दा महिलाजस्तो देखिने ती व्यक्तिको नाम राजु भएको बेलका–६ का वडाध्यक्ष वसन्त मगरले बताए । उनले सम्पत्ति हडप्ने उद्देश्यसहित पुरुषले महिला बनेर नक्कली विवाह गरेको बताए ।