
काठमाण्डु, २० जेठ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गर्दैमा पार्टी ठूलो नबन्ने बताएका छन्।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवालेकुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन्।
उनले पार्टी बलियो।बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए।‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो। जनतामा जानुपर्छ। जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ,’ उनले भने।
उनले अब सभापति नभई पार्टीलाई सहयोग गर्ने बताए।‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालें। अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन।एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ,’ उनले भने।